बुधबारे जेसीजमा नयाँ सदस्यलाई तालिम, जेसीको व्यापार प्रवर्धनमा अग्रसरता
Published:
by .वुद्धशान्ति । बुधबारे जेसीजले आज नयाँ सदस्यहरुका लागि जेसीजले गर्नु पर्ने विविध सेवा सम्बन्धी तालिम प्रदान गरेको छ । जेसीजमा आवद्ध जेसीहरुलाई जेसीज के हो ? र युवालाई जेसीजको आवश्यकता के छ भन्ने विषयक एक दिने तालिम प्रदान गरिएको हो ।
जेसीजका सदस्य गोकुल पौड्यालको संयोजकत्वमा भएको तालिममा अध्यक्ष अनिल वाग्ले र पूर्व अध्यक्ष प्रकाश भण्डारीले तालिममा सहजिकरणको भूमिका निर्वाह गरेका थिए ।
पूर्व अध्यक्ष रमेश बराल र निर्वतमान अध्यक्ष नन्दकुमार राईको आतिथ्य रहेको तालिममा दुई दर्जन बढी सदस्यले सहभागिता जनाएका थिए भने तालिमको सञ्चालन महासचिव सुजित बरालले गरेका थिए ।
‘भाले जुधाई’मा टेकेन प्रथम, गोकुल दोस्रो
परम्परागत खेललाई सम्झाउने र युवा पुस्तामा बढ्दो मोवाइलको प्रयोग न्युनीकरण गर्ने उद्देश्यले बुधबारे जेसीजले शुक्रबार भाले जुधाई कार्यक्रमको आयोजना गरेको हो ।
युवा विद्यार्थीहरु मोवाइलमा बढी व्यस्त भइरहेको सन्दर्भमा पुराना खेलले शारिरीक तथा मानसिक वृत्ति विकास हुन्छ भन्ने सन्देश दिन भाले जुधाई खेल आयोजना गरिएको अध्यक्ष अनिल वाग्लेले जनाए ।
टेकेन भट्टराईको संयोजकत्वमा भएको खेलमा भट्टराई स्वयम् प्रथम भए भने गोकुल पौडेल दोस्रो भएका छन् । नवराज कोइरालाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष अनिल वाग्ले, कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकाल, उपाध्यक्ष विनोद रिजाल र उपाध्यक्ष रुद्र निरौलाले विजेता उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
जेसीज युवाले सञ्चालन गरेको होमस्टेको प्रमोसन
बुधबारे जेसीजले वर्ष २०२१ मा जेसीज युवाले सञ्चालन गरेको व्यवसायलाई प्रर्वद्धन गर्ने भएको छ ।
जेसीहरु व्यापारमा, जागिरमा सफल हुनुपर्छ भन्ने मान्यतालाई सफल पार्न जेसी युवाले गरेका कामको प्रचार गर्ने रणनिती बनाएको अध्यक्ष वाग्लेले बताएका छन् । सोही अनुरुप आजदेखि बुधबारे जेसीजले युवाले सञ्चालन गरेको व्यवसाय प्रवद्र्धन गर्न सुरु गरेको छ ।
व्यवसायी उमेश तिम्सिनाले बुधबारे बजारमा सञ्चालन गरेको सुविधा सम्पन्न ‘तेन्जिङ नोर्गे होमस्टे’को प्रमोसनका लागि जेसीहरु अग्रसर भएका हुन् । सो प्रमोसन कार्यक्रममा जेसीजका अध्यक्ष अनिल वाग्ले, निर्वतमान अध्यक्ष राई, पूर्व अध्यक्षहरु प्रकाश भण्डारी र रमेश बराल सहित ३५ बढी जेसीजहरुकोे उपस्थिति थियो । उमेश तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रम गोकुल पौडेलले सञ्चालन गरेका थिए ।
Comments