Sajhamanch Archive

आज थपिए २७० जना कोरोेना संक्रमित

Published: in विविधा by .

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका मात्र छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ ।

विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् ।

हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । निको भएका संक्रमितहरूको दर ९७. ७ प्रतिशत छ ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *