Sajhamanch Archive

विदेशमा कोरोनाको कारण ३१९ नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), स्वास्थ्य by .

काठमाडौं। कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको मुत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको मुत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९ जना नेपालीको मृत्यु भएको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ ।

यस्तै भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको मृत्यु भएको छ । नेपालमा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप कोरोना भाइरस भेरियन्ट विरूद्ध अहिले बजारमा आएका खोप प्रयोग गर्न सकिने भएको छ । उनका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसका विरूद्धमा प्रभावकारी हुने देखाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *