Sajhamanch Archive

मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), समाज by .

मलेसिया । मलेसियामा कार्यरत ८ जना नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको छ । एकजना नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको हो भने, एकजना नेपाली सुतेकै अवस्थामा मृतक फेला परेका थिए । अर्को एकजना नेपाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मलेसियाको जोहोरबारुमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सल्यानका नरेश रानाले आफू बस्ने कोठामा रहेको सिलिङ पङ्खामा झुन्डिएर आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत एक नेपालीले बताएका छन् । त्यस्तै, मलेसियाको पेनाङमा अबैधानिक हैसियतमा कार्यरत पाँचथरका यम कुमार खतिवडा पनि पङ्खामै झुन्डिएको अवस्थामा फ़ेला परेको जानकारी दिएका छन् ।

 एक सेक्युरिटी कम्पनीमा मलेसियाको केलाङ क्षेत्रमा सुरक्षागार्डमा कार्यरत ताप्लेजुङका मेरिङदेन गाउँपालिकाका बिरुलाल लिम्बू पनि टोईलेटमा झुन्डिएको अवस्थामा फेला परेको सोही कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले जानकारी दिए । त्यस्तै,  मलेसियामै कार्यरत सर्लाही मझुरवाका मनोज राउत पनि कोठामै झुन्डिएको अवस्थामा फेला परेको बताएका छन् । मृतक मनोज राउत अबैधानिक हैसियतमा मलेसियामा बसोबास गरिरहेका थिए।

 मलेसियामै एक सेक्युरिटी कम्पनीसंग आबद्ध सुरक्षागार्डको रुपमा कार्यरत नुवाकोटका चित्र बहादुर भट्ट को पनि मृत्यु भएको छ ।मलेसियाको राजधानी नजिकै आम्पाङ क्षेत्रमा सुरक्षागार्ड रहेका भट्टको कार्य क्षेत्रमै बस्याबस्यै अच्चानक मृत्यु भएको प्रत्यक्षदर्शी एक नेपालीले जानकारी दिए । हृदयघातको कारण भट्टको मृत्यु भएको हुन सक्ने  जानकारी दिए ।

मलेसियामै एक कम्पनीमा कार्यरत सोलुखुम्बुका प्रेम बहादुर बिश्वकर्माको उपचारको क्रममा मृत्यु भएको छ। बिगत डेढ दुई महिनादेखि सिकिस्त बिरामी परेका प्रेम बहादुरलाई उनकै नेपाली साथीहरुले नै मिलेर थप उपचारको  लागि क्वालालम्पुर अस्पतालमा भर्ना गरेका थिए ।

अस्पतालमा उपचाररत प्रेम बहादुरको टाउकोमा रगत जमिएको , किड्नीमा समस्या देखिएको लगायतको रोगबाट ग्रस्त रहेको मृतकका साथीले मलाया खबरलाई जानकारी दिए । बिश्वकर्माको पोस्टमार्टम सकिएर शवलाई नेपाल फर्काइने तयारी छ ।

मलेसियाको साहआलम सेक्सन यु १ मा बिगत ३ वर्षदेखि एक कम्पनीमा कार्यरत अछामको घुघरकोट साँफे नगरपालिका १० निवासी कमल कुमार खड्काले आफ्नै रुममा घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत  फेला परेको एउटै कम्पनीमा काम गर्ने नेपाली श्रमिकले जानकारी दिए ।

कमलले शुक्रबार राति आफ्नै कोठामा आत्महत्या गरेको भनिए पनि हत्या हो ? की आत्महत्या हो ? भन्ने बारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको र मृत शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको एक नेपालीले जानकारी दिए । सामाजिक तथा कलाकारिता क्षेत्रमा सक्रिय मृतक कमलको सहकर्मीहरुसँग सम्पर्क गर्दा कमल एकजना नेपालमै रहेको युवतीको प्रेम सम्बन्धको कारण आत्महत्या गरेको हुन सक्ने बताए ।

त्यस्तै मलेसियामाबाट नेपाल स्वदेश फर्किनको लागि तेरेङ्गानु राज्यमा अवस्थित अध्यागमन बिभागको कार्यालयमा जाँदै गर्दा मंगलबार बिहान मलेसियाको सडक दुर्घटनामा परि एकजना नेपाली श्रमिकको मृत्यु भएको हो। सडक दुर्घटनामा परि मृत्यु हुनेमा झापाका नेपाली श्रमिक सतल सिंह मेचे रहेका छन् । उनको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ।

आत्महत्या गर्नेको शवहरुलाई पोस्टमार्टमको  लागि स्थानीय अस्पतालमा लगिएको मृतकको साथीहरुले जानकारी दिए ।
५ वटा आत्महत्याको घटनाहरु मध्य सबैको श्रीमतिसंगको आपसी झै झगडा र महिला,युवती हरुसंगको नैतिक र अनैतिक प्रेम सम्बन्ध मृत्युको कारण रहेको बताएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *