इजरायलको लागि नर्सिङ क्षेत्रमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा
Published:
by .काठमाडौं ।इजरायलको लागि नर्सिङ क्षेत्रमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपानेले यही साताभित्र निर्णय हुने बताएका हुन् ।
असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी ‘प्रोटोकल’मा हस्ताक्षर गर्ने तयारी भइरहेको उनले जनाएका छन् । नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताअनुसार नै कामदार पठाउने भएकाले नेपाली श्रमिकहरु कम खर्चमा नै जान पाउने उनले बताएका छन् ।
गतअसोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायलमा काम गर्ने नेपालीलाई इजरायली नागरिकसरहको सेवा–सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो ।
नयाँ श्रम सम्झौताअनुसार इजरायल जानको लागि १० कक्षा पास गरेको हुनुपर्ने तथा अग्रेजी बोल्न जान्ने हुनुपर्ने जनाइएको छ । यसका अलावा १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम वा १२ कक्षा उत्तीर्ण भई तीन महिने केयर गिभरसम्बन्धी तालिम लिएका निश्चित उमेर, तौल, उचाइ र स्वास्थ्य परीक्षण गरेर लैजाने केही समयअगाडि दूतावासले एक सूचना जारी गर्दै जनाएको हो ।
Comments