Sajhamanch Archive

प्रदेश १ मा ६ महिना भित्रै तीन हजार ३ सय मुद्धा दर्ता, १ लाख २४ हजार सवारी कारवाहीको घेरामा

Published: in प्रदेश तह, समाज by .

विराटनगर । प्रदेश १ मा पछिल्लो ६ महिना भित्रैमा तीन हजार ३ सय १४ मुद्दा दर्ता भएका प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएको छ । गत आर्थिक वर्ष सोही अवधीमा ३ हजार ८ सय २९ वटा मुद्दा दर्ता भएको थियो ।

प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा १८ करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ ।

६ महिनाको अवधीमा फैसला कार्यान्वयन तर्फ ४ सय १७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । ती व्यक्तिबाट ५ सय ३६ वर्ष कैद र १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

सोही अवधीमा १ हजार १ सय ६४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने, ३ सय ३६ केजी गाँजा बरामद भएको छ । २ हजार ३ सय ६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २ सय ६६ गाँजाका बोट नष्ट गरिएको छ ।

भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिस पक्राउ परेका छन् । भन्सार चोरी निकाशीबाट ७ करोड ९९ लाख ८ हजार एक सय ५ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने एक सय १९ जना मानिस र पाँच सय ४० वटा सवारी साधनलाई कारवाही गरी ३७ लाख ७५ हजार ७ सय २० राजश्व सङ्कलन गरिएको छ ।

यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने १ लाख २४ हजार ८ सय ८९ वटा सवारी साधनलाई कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट ७ करोड ६८ लाख ४९ हजार पाँच सय राजश्व सङ्कलन भएको प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *