Sajhamanch Archive

डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने : वाइडेन

Published: in परदेश (प्रवास), विश्व समाचार, स्वास्थ्य by .

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने भएका छन् ।

उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । यस कदमलाई वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएका छन् ।

अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयसले धन्यवाद दिएका छन् ।

विश्वभरि स्वास्थ्य महामारी चलिरहेका बेला डब्ल्यूएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्बन्धलाई जोडेको जनाएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *