व्यवसाय दर्ता/नविकरणको म्याद थप सम्बन्धी बिर्तामोड नगरपालिकाको सूचना
Published: (Updated: )
by .बिर्तामोड नगरपालिका
नगरकार्यपालिकाको कार्यालय
बिर्तामोड, झापा
१ नं प्रदेश, नेपाल
मिति २०७७/१०/०९
व्यवसाय दर्ता/नविकरणको म्याद थप सम्बन्धी सूचना
बिर्तामोड नगरपालिकाले हालको विषम परिस्थितिमा राहत स्वरुप कर, राजश्वको दायरा भित्र नपरेका वा नआएका कम्पनी संचालक, उद्योगी तथा व्यवसायीहरुलाई २०७४ असार मसान्तसम्मको नविकरण तथा कर वक्यौता रकम छुट दिने र अन्तिम चार वर्ष (२०७४/७५ देखि २०७७/७८) सम्मको व्यवसाय कर लिइ दर्ता तथा नविकरण गर्न दिएको समय अवधी करदाताको चाप तथा माग बमोजिम यस कार्यालयको मिति २०७७/१०/०४ को निर्णयानुसार २०७७ साल फाल्गुन मसान्तसम्म थप गरिएको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
(गणेशप्रसाद दाहाल)
प्रमुख प्रशासकीय अधिकृत
Comments