Sajhamanch Archive

प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेस

Published: in राजनीति by .

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेस गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनको मुद्दामाथि बहसका क्रममा बिहीवार हिजो रिट निवेदकका वकिलले प्रतिनिधि सभा विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना पेस गर्नू भनेको थियो । आज संवैधानिक इजलासमा सुनुवाइ सुरु भएलगत्तै खरेलले राजपत्र बुझाउनुभएको हो ।

रिट निवेदकहरूले इजलासमा प्रश्न उठाएपछि प्रधानमन्त्रीको कार्यालयले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरेको हो । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौँ दिन पनि सुनुवाइ भएको छ ।

आज संवैधानिक इजलासमा बहसमा भाग लिने कानुन व्यवसायीलाई छोटो बहस गर्न निर्देशन दिइएको छ ।

उज्यालोदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *