श्री सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडका लागि १ वर्षे करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Published: (Updated: )
by .श्री सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडका लागि १ वर्षे करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रकाशन मिति २०७७ १० १२ गते
यस संस्थालाई तपशील अनुसारको योग्यता पुगेका कर्मचारी करारमा आवश्यकता भएकाले अनुभवी तथा इच्छुक नेपाली नागरिकबाट मिति २०७७ माघ १८ गतेभित्र बायोडाटा र हस्तलिखित निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फाटो १ थान, शैक्षिक योग्यता खुल्ने प्रमाणपत्रहरुको प्रतिलिपी, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, अनुभव खुल्ने प्रमाणपत्रहरुको प्रतिलिपीहरु तथा सम्पर्क ठेगाना र फोन नम्बर स्पष्ट हुनेगरी दरखास्त दिनहुन आव्हान गरिन्छ ।
१. पद र तह
क. सहकारी पसल प्रमुख, तह पाँचौ – १ जना
ख. सेल्स गर्ल/ब्वाई, तह दोस्रो – ७ जना
ग. कार्यालय सहयोगी तह दोस्रो – २ जना
घ. अटो ड्राईभर – १ जना
२. आवश्यक जम्मा संख्या : ११ जना
३. लिङ्ग
क. सहकारी पसल प्रमुख, तह पाँचौ – पुरुष
ख. सेल्स गर्ल/ब्याई, तह दोस्रो – महिला वा पुरुष
ग. कार्यालय सहयोगी तह दोस्रो – पुरुष
घ. अटो ड्राईभर – पुरुष
४. उमेर १८ वर्षदेखि २०७७ माघ १८ सम्म ३५ वर्ष ननाघेको
५. न्यूनतम शैक्षिक योग्यता
क. सहकारी पसल प्रमुख, तह पाँचौ – व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण
ख. सेल्स गर्ल/ब्वाई, तह दोस्रो – कक्षा १० वा सो सरह उत्तीर्ण
ग. कार्यालय सहयोगी तह दोस्रो – कक्षा १० वा सो सरह उत्तीर्ण
घ. अटो ड्राइभर – अनुभवी तथा लाइसेन्स प्राप्त
६. जमानत
क. सहकारी पसल प्रमुख, तह पाँचौ – पारिवारिक तथा धितो जमानत अनिवार्य
ख. सेल्स गर्ल/ब्वाई, तह दोस्रो – पारिवारिक जमानत मात्र
ग. कार्यालय सहयोगी तह दोस्रो – पारिवारिक तथा धितो जमानत अनिवार्य
घ. अटो ड्राइभर – पारिवारिक जमानत मात्र
७. कार्यक्षेत्रहरु
क. सहकारी पसल प्रमुख, तह पाँचौ – सतासी डिपार्टमेन्ट स्टोर, बिर्तामोड
ख. सेल्स गर्ल/ब्वाई तह दोस्रो – सतासी डिपार्टमेन्ट स्टोर, बिर्तामोड
ग. कार्यालय सहयोगी, तह दोस्रो – मुख्य कार्यालय, बिर्तामोड
घ. अटो ड्राइभर – सतासी डिपार्टमेन्ट स्टोर, बिर्तामोड
८. परीक्षाको किसिमः
क. सहकारी पसल प्रमुख, तह पाँचौ – मौखिक अन्तरवार्ता र लिखित,
ख. सेल्स गर्ल/ब्वाई तह दोस्रो – मौखिक अन्तरवार्ता र सामान्य लिखित,
ग. कार्यालय सहयोगी, तह दोस्रो – मौखिक अन्तरवार्ता र लिखित,
घ. अटो ड्राइभर – मौखिक अन्तरवार्ता र प्रयोगात्मक
स्थानीयलाई विशेष ग्राह्यता दिइनेछ ।
क. तलब र सुबिधाः उल्लेखित कर्मचारी १ वर्षे करारमा नियुक्ति गरिनेछ । तलब सुविधा नियम अनुसार हुनेछ ।
ख. अभिभावकको नागरिकताको प्रतिलिपि ।
ग. सेल्सगर्ल ब्वाई र ड्राइभर बाहेकले धनिपूर्जाको प्रतिलिपि पेश गर्नुपर्ने ।
घ. आवेदन दिने अन्तिम मिति २०७७ माघ १८ गते कार्यालय समय ४ः३० सम्म
ङ. निवेदन दस्तुरः पाँचौ तहको लागि ४००।– रुपैयाँ र दोस्रो तह तथा ड्राइभरको लागि २००।– रुपैयाँ (निवेदन दस्तुर फिर्ता नहुने)
च. अन्तरवार्ता –
क. सहकारी पसल प्रमुख, तह पाँचौ – मिति २०७७ माघ २१ गते
ख. सेल्स गर्ल/ब्वाई तह दोस्रो – दोस्रो तहको मिति २०७७ माघ १९ गते
ग. कार्यालय सहयोगी, तह दोस्रो – मिति २०७७ माघ २१ गते
घ. अटो ड्राइभर – दोस्रो तहको मिति २०७७ माघ १९ गते
संस्थाको मुख्य कार्यालय बिर्तामोडमा समय ११ः१५ बजेदेखि हुनेछ ।
छ. नतिजा प्रकाशन
क. सहकारी पसल प्रमुख, तह पाँचौ – मिति २०७७ माघ २३ गते
ख. सेल्स गर्ल/ब्वाई तह दोस्रो – मिति २०७७ माघ २० गते
ग. कार्यालय सहयोगी, तह दोस्रो – मिति २०७७ माघ २३ गते
घ. अटो ड्राइभर – दोस्रो तह – मिति २०७७ माघ १९ गते
काम सुरु गर्नुपर्ने मिति २०७७ माघ २५ गते, बुँदा नं. छ को क र ख ले अतिरिक्त न्यूनतम २ घण्टा समय दिनु पर्नेछ ।
लिखित अंकभार र पाठ्य सामग्रीहरु
क. सामान्य ज्ञान –१५ ख. प्रविधि – १५, ग. कार्यालय सञ्चालन, व्यवस्थापन तथा लेखा –५०, घ. सहकारी शिक्षा –१५, ङ अन्य –५
दरखास्त दिने ठेगानाः
बिर्तामोड कार्यालय अर्जुनधारा कार्यालय मेचीनगर कार्यालय,
फोन नं. ०२३५३३७२३ फोन नं. ०२३ ४६५३८७ फोन नं. ०२३ ५६१३१७
कनकाई कार्यालय हल्दिबारी कार्यालय सहकारी पसल, बिर्तामोड
फोन नं. ०२३ ५५०९८७ फोन नं. ९८५२६४५२८७ फोन नं. ०२३ ५४०५८७
– मानव संसाधन उपसमिति
Comments