आज राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल हुँदै
Published:
by .काठमाडौं । राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा हुने पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जा र चौदण्डीगढी नगरपालिका रौतहट खेल्दै छन्।
बिहान साढे ११ बजे सुरु भएको खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । लिगमा अहिलेसम्म दुवै टोली जितविहीन छन्।
वालिङले दुई खेलमा बराबरी र १ मा हार भोग्दै अंक तालिकामा २ अंक जोडेको छ। चौदण्डीगढीले दुवै खेलमा हार भोग्दै अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ।
आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन्। खेल सोही मैदानमा दिउँसो साढे २ बजे हुने भएको छ।
पुलिस पहिलो जितको खोजीमा रहेको छ । लिगमा अपराजित रहेको एपीएफ सोही लयलाई निरन्तरता दिने योजनामा छ।
एपीएफले ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ । १ खेलमा हार र २ खेलमा बराबरी गरेको पुलिस क्लब ५ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको छ ।
Comments