किस्ता नलिने लाभग्राही सूचीबाट हटाइने
Published:
by .काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यतालिका अनुसरा किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ ।
प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्रहीमा समावेश भूकम्पपीडितलाई पहिलो लिने अवधि गत १५ पुससम्म तोकेको थियो । त्यसअवधिसम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउन लागेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत पुस १५ सम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउने बताएका छन् । अन्तिम पटकका लागि भनेर तोकिएको समय भएको भन्दै अब म्याद नथप्ने उनले प्रष्ट पारे ।
२०७७ माघ मसान्तत्रि पहिलो किस्ता लिएका सबै लाभग्राहीले दोस्रो किस्ताका लागि स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।
यसअघि लाभग्राहीमा कायम भइ हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका निजी आवास पुनर्निर्माण गर्न इच्छुकले स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट निर्णय गराइ १५ पुससम्म पहिलो किस्ता लिइसक्नुपर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
Comments