Sajhamanch Archive

म्यानमारमा सेनाले फेरि लगायो संकटकाल

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार by .

बीबीसी । म्यानमारको सेनाले नेस्नल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित नेताहरुलाई नियन्त्रणमा लिएको केही घण्टापछि नै सैन्य टेलिभिजनमार्फत एकवर्षका लागि आपतकाल घोेषणा  गरेको छ ।

सोमबार त्यहाँको सेनाले देशको सम्पूर्ण शक्ति कमान्डर इन चिफ मिन अङ ह्लेइङलाई हस्तान्तरण गर्ने बताएको हो । यसपछि राजधानीसहित सबै प्रमुख सहरका सडकमा सेनाहरुको चहलपहल पनि बढेको छ ।

गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेस्नल लिग फर डेमोक्रेसीले नयाँ सरकार गठनका लागि बहुमत हासिल गरेको थियो तर आर्मीले सो मतदानमा धाँधली भएको बताउँदै आएको छ । अहिले सेनाहरु देशभरका विभिन्न क्षेत्रमा सबै प्रमुख मन्त्रीहरुको घरघरमा पुगि तिनलाई पक्राउ गरि लगेको परिवारका सदस्यले बताइरहेका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *