कर्णाली साकोसद्वारा झिलझिलेमा सहकारी सदस्य अनुशिक्षण
Published:
by .शिवसताक्षी । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षीको झिलझिलेमा आइतबार सदस्य अनुशिक्षण कार्यक्रमसहित विभिन्न सुविधा रकम प्रदान गरेको छ ।
सदस्य अनुशिक्षण कार्यक्रममा संस्थाको नीति नियम, सदस्यले प्राप्त गर्ने सेवा सुविधासहित विशेष उपचार कोषको बारेमा संस्थाका सचिव भुपाल बस्नेत र झिलझिले सेवा केन्द्र प्रमुख इन्द्र कार्कीले सहजीकरण गरेका थिए ।
कर्णाली साकोस शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रम झिलझिले सेवा केन्द्रका ब्यवस्थापन उपसमिति संयोजक चन्द्रमणि पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कर्णालीका कर्मचारीसहित ९० जना सदस्यहरुको सहभागिता थियो ।
सो कार्यक्रममा सहकारीका तर्फबाट सेयर सदस्यहरुलाई वितरण गरिने विभिन्न सुविधा रकमसमेत प्रदान गरिएको थियो । सेयर सदस्य सीतादेवी लिम्बूका बुवाको निधन भएकोमा विशेष उपचार कोषबाट २० हजार रुपैयाँ मृत्यु राहत प्रदान गरियो । यस्तै छत्रमाया लिम्बूको छोराको पथरियाको अपरेशन गरिएकोले साधारण कोषबाट ४ हजार रुपैयाँ र सदस्य सीतामाया कार्कीलाई साधारण कोषबाट ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
Comments