मेयर कप क्रिकेट प्रतियोगिताको लागि महानगरले क्यानलाई ५० लाख दिने
Published:
by .काठमाण्डौ – काठमाण्डौ महानगरले नेपाल क्रिकेट संघ क्यानलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पहिलो संस्करणको काठमाण्डौ मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजनाको लागि महानगरले क्यानलाई रकम उपलब्ध गराउने भएको हो ।
क्यानले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाण्डौ महानगरपालिकासँग सम्झौता गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्यानले आगामी चैतको मसान्त भित्र प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता कीर्तिपुरमा रहेको टीयू मैदानमा हुने जनाइएको छ ।
उज्यालोबाट
Comments