कक्षा ८ र ११ को पाठ्यक्रममा लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा समावेश
Published:
by .काठमाडौं । लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरिएको छ।
कक्षा ११ र कक्षा ८ को पाठ्यक्रममा लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएर पाठ्यक्रममा समावेश गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् सो को जानकारी दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा ११ को र कक्षा ८ को पाठ्यक्रममा समावेश भयो।
नागरिकदैनिक
Comments