Sajhamanch Archive

नेपाल सुनचाँदी व्यवसायी संघ झापाको अध्यक्षमा पुनः राजु निर्वाचित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो अधिवेशन बिहीबार राति बिर्तामोडमा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरेका थिए । उनले आफ्नो मन्तब्यमा सुनचाँदी व्यवसायीका समस्या समाधानमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग कुरा गरेर निष्कर्ष निकाल्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा संघलाई विभिन्न क्षेत्रबाट विशिष्ठ योगदान पुर्याउने तीन जना व्यक्तित्वलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, संघको व्यवस्थापकीय जिम्मेवारीमा रहेका राजन कालीकोटे र उत्कृष्ट कालीगढको रुपमा विष्णु कालीकोटे रहेका छन् ।

प्रमुख अतिथि मन्त्री कार्की र विशिष्ठ अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनुवारले सम्मान–पत्र, माला र खादा प्रदान गरेर उनीहरुलाई सम्मान गरेका थिए ।

अधिवेशन उद्घाटन समारोहमा सुनचाँदी व्यवसायीका नेताहरुले व्यवसायी क्षेत्रका जल्दाबल्दा समस्या राखेर समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । कार्यक्रममा प्रदेश १ का सांसद एकराज कार्की, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, महासंघका केन्द्रीय अध्यक्ष सुनुवार, महासंघकै केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का सदस्य मोहनकाजी शाक्य, बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया र सम्मानितमध्येबाट बलराम कार्कीले मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष रुपदल विश्वकर्मा राजुको अध्यक्षतामा भएको समारोहमा पूर्वअध्यक्ष कृष्ण उदास भरतले औचित्यमाथि प्रकाश पारेका थिए भने वरिष्ठ उपाध्यक्ष रमेश बराइलीले स्वागत गरेका थिए ।

अधिवेशनको बन्दसत्रले महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गरेको छ । कार्यक्रमको सञ्चालन एकराज गिरी र यम विमलीले गरेका थिए ।

व्यवसायी संघको अध्यक्षमा पुनः रुपदल विश्वकर्मा राजु निर्वाचित भएका छन् ।

गए राति अबेर सम्पन्न निर्वाचनको मत परिणाम अनुसार १२६ मत प्राप्त गर्दै राजु निर्वाचित भएका हुन् । उनीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका गोपाल ल्वागुनले ३३ मत प्राप्त गरेका थिए । अन्य सम्पूर्ण पदमा भने निर्विरोध निर्वाचित भएका छन् ।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा राजुकुमार गुप्ता, उपाध्यक्षहरुमा धिरेन विश्वकर्मा, टोलबहादुर सुनार, तुलसी विमली र रमेश पोर्तेल (बाबुराम) रहेका छन् । महासचिवमा राजन कालीकोटे, सचिवमा राजेशकुमार सोनी, सहसचिवमा बृहस्पति पाण्डे र कोषाध्यक्षमा विजय सर्राफ निर्विरोध निर्वाचित भए ।

त्यस्तै कार्य समिति सदस्यहरुमा दीपककुमार साह, मनबहादुर सेन्चुरी, नगेन्द्र विश्वकर्मा, कमल विश्वकर्मा, मुखीलाल बराइली, नारायण श्रेष्ठ (दीपक), कृष्ण सर्राफ र डिल्लीराम विश्वकर्मा रहेका छन् ।

निर्वाचित तथा निर्विरोध निर्वाचित कार्य समितिलाई निर्वाचन अधिकृत बलराम कार्कीले राति नै शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए । निर्वाचन अधिकृत एकराज गिरीले निर्वाचन र निर्विरोध निर्वाचितको घोषणा गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा अध्यक्ष पदका उपविजेता ल्वागुनले नयाँ कार्यसमितिलाई सक्दो सहयोग गरेर जाने प्रतिबद्धता जनाए भने नवनिर्वाचित अध्यक्ष राजुले सबैलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताए ।

संघको विधान बमोजिम उक्त समारोहमै अध्यक्ष राजुले विशिष्ठ सदस्यमा रमेश बराइली र कार्यसमिति सदस्यमा अभिषेक गहतराजलाई मनोनितको घोषणा गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *