६ बजेपछि दहाल नेपाल समूहको हड्ताल फिर्ता हुने
Published:
by .काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।
संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।
प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् ।
साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
Comments