Sajhamanch Archive

बिर्तामोडको हेवन पार्कमा ‘भ्यालेन्टाइन वीक फेस्टिवल’

Published: in अर्थतन्त्र, समाज by .

विर्तामोड । हेवन वाटर पार्क बिर्तामोडले भ्यालेन्टाइनको अवसर पारेर ‘भ्यालेन्टाइन वीक फेस्टिवल’ गर्ने भएको छ । फेस्टिवलका लागि आवश्यक तयारी भइसकेको पार्कका सञ्चालक नेपालरत्न शिवाकोटीले जानकारी दिएका छन् ।

भ्यालेन्टाइनलाई विशेष बनाउँदै पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले फेब्रुअरी महिनाको १२, १३ र १४ तारिखका दिन बहुचर्चित राष्ट्रिय कलाकारहरुबाट सांगितीक कार्यक्रमको आयोजना गरिएको शिवाकोटीले जानकारी दिए ।

प्रदेश १ मै पहिलोपटक आयोजना हुन लागेको प्रदेश कै ठूलो सांगितीक कार्यक्रममा संगितप्रेमीहरुलाई सहभागी भई मनोरञ्जन लिन आग्रह गरिएको छ । तीन दिने सांगितीक कार्यक्रममा पहिलो दिन १२ तारिखमा झिल्के एण्ड द कम्पनी, दोस्रो दिन १३ तारिखमा मङ्की टेम्पल र १४ तारिख अन्तिम दिन मुक्ति एण्ड द रिभाइभल व्याण्डको प्रस्तुति रहने जनाइएको छ ।

तीन जेनेरेशनको सबैभन्दा चर्चित राष्ट्रिय कलाकारसहित स्थानीय व्याण्डको प्रस्तुति रहने बृहत सांगितीक कार्यक्रम हरेक दिन साँझको समयमा हुने आयोजकले जनाएको छ ।

हेवन वाटर पार्कको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा सांगितीक कार्यक्रमसँगै विभिन्न प्रतियोगितासमेत गरिने बताइएको छ । सो अवसरमा भ्यालेन्टाइन डे वेष्ट ड्रेस कपल, हाजिरी जवाफ र बल डान्स प्रतियोगिता गर्ने र उत्कृष्टलाई पुरस्कृत गरिने शिवाकोटीको भनाई छ ।

सांगितीक कार्यक्रममा सहभागी हुन अग्रिम बुकिङ गर्नेलाई २५० र कार्यक्रमकै दिन टिकट लिनेलाई ३०० रुयैयाँ लाग्ने आयोजकको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *