Sajhamanch Archive

पशुपतिलाई हिन्दु विश्वविद्यालय बनाउने तयारी सुरु

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ ।

कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने अवधारणा ल्याई निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पशुपति क्षेत्रको सम्पूर्ण विकासका लागि यसअघि निर्माण गरिएको गुरुयोजनामा समेत हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव समावेश गरिएको जानकारी दिँदै उनले भने, “विश्वविद्यालय स्थापना गर्न अध्ययन सुुरु गरिएको छ ।”

उनले भने, “विश्वविद्यालय स्थापनाका लागि अबको एक महिनाभित्र अध्ययन प्रतिवेदन तयार भइसक्ने छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण प्रक्रिया अगाडि बढाइने छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *