Sajhamanch Archive

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख १२ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख १२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख १२ हजार २७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार छ सय ६४ जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७६ हजार पाँच सय ६९ कोरोना संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५८ लाख ५ हजार नौ सय ५१ जना कोरोना संक्रमण भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *