Sajhamanch Archive

उत्कृष्ट कार्यमा अग्रसर हुँदै उत्कृष्ट कृषि सहकारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

हल्दिबारी । चार वर्ष अघि यहाँ स्थापित उत्कृष्ट कृषि सहकारी संस्था लिमिटेड कृषक सदस्यहरुमाझ वास्तवमा नै उत्कृष्ट बन्दै गएको छ । आज शनिबार गोलधापमा आयोजना गरिएको संस्थाको चौथो वार्षिक साधारणसभामा सहभागीहरुको उपस्थितिले यसको प्रष्टै झल्को दिएको छ ।

कूल २५ हजार शेयर पूँजी राखेर ४० जनाले स्थापना गरेको संस्था छोटो अवधिमा १३१५ जना सदस्यमाझ विस्तारित भएको छ भने शेयर पूँजी ३४ लाख ६४ हजार ३०० पुर्याइएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष रुकम गुरुङले साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्षको असार मसान्तमा संस्थासँग एक करोड ९२ लाख ८१ हजार ४६३ रुपैयाँ निक्षेप मौज्दात तथा कर्जा लगानी एक करोड २८ लाख ३० हजार ६७९ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो । समारोहमा एक महिला र एक पुरुषलाई एक–एक हजार रुपैयाँसहित दोसल्ला ओडाएर तथा सम्मानपत्र प्रदान गरेर ज्येष्ठ नागरिक सम्मान गरियो ।

यसैगरी संस्थामा कारोबार गर्ने एक–एकजना उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि र उत्कृष्ट कृषकसहित एकजना कर्मचारीलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरियो ।

तत्कालिन गोलधाप गाविसको दक्षिणी भेगका किसान परिवारलाई सहज तथा सहुलियत दरमा रसायनिक मल तथा गुणस्तरीय विऊ विजन उपलब्ध गराउने उद्देश्यले खोलिएको संस्थाले अहिले वित्तीय कारोबारसमेत गरेर सदस्यमाझ लोकप्रिय बन्दै गएको उद्घाटन समारोहका वक्ताहरुले बताएका छन् ।

संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ५० लाख रुपैयाँ सहुलियत ऋण लिई ४० जना युवामाझ लगानी गरी उनीहरुको परिवारसमेतलाई स्वालम्बी बनाउन संस्था सफल बन्दै गएको बताइएको छ ।

उद्घाटन समारोहमा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, झापा जिल्ला सहकारी संघ लिमिटेडका सचिव युवराज ढकाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका कार्यक्रम अधिकृत सन्तोष सापकोटा, हल्दिबारी वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटा, पत्रकार गोपाल काफ्लेलगायतले आफ्ना आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *