प्रचण्ड नेपाल समूहको तेस्रो चरणको आन्दोलन आज घोषण हुँदै
Published:
by .काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । उक्त पार्टीले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।
प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै आन्दोलनरत यस समूहले तेस्रो चरणमा अझै सशक्त रुपले संघर्षका कार्यक्रम अघि बढाउने जनाएको छ । सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले आइतबार दिउँसो २ बजे पार्टी कार्यालय, पेरिस डाँडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणका कार्यक्रम घोषणा गरिन लागेको बताएका छन् ।
यसअघि यस समूहले पहिलो र दोस्रो चरणका आन्दोलन सम्पन्न गरिसकेको छ । जस अनुसार दोस्रो चरणमा माघ १३ गतेदेखि माघ २८ गतेसम्म विभिन्न विरोध कार्यक्रम, धर्ना तथा जनसभाहरू सम्पन्न गरेको थियो ।
Comments