म कुनै गुटमा सामेल हुन्नः नगरप्रमुख चौधरी
Published: (Updated: )
by .इटहरी । इटहरी उपमहानगर पालिकाका प्रमुख द्वारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको विकासमा कुनै असर नपार्ने दावी गरेका छन् ।
आज वडा नं ९ को कार्यालय भवन शिलान्यास गर्दै नगरप्रमुख चौधरीले इटहरीको विकासमा कुनै असर नगर्ने बताएका हुन् । उनले आफ्नो उपस्थिति कुनै समूहको भेला र वैठकमा नभएको पनि प्रष्ट पारेका छन् ।
नगर प्रमुख चौधरीले सम्पूर्ण ध्यान इटहरीको विकासमा लगाएकाले युद्धस्तरमा विकास भइरहेको जानकारी दिए । इटहरीको विकासमा उल्लेखनीय जनसहभागिता रहेको भन्दै आगामी दिनमा पनि जनसहभागिताको लागि नगर प्रमुख चौधरीले अपेक्षा राखेका छन् ।
वडा कार्यालय भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकिएको समयमा काम सक्नुपर्ने सम्वद्ध निर्माण व्यवसायीलाई निर्देशन पनि दिएका छन् ।
वडा नं ९ का अध्यक्ष भूपेन्द्र बरालले वडा कार्यालय भवन निर्माण सहयोगका लागि उपमहानगर र जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गरेका छन् । जिल्ला समन्वय समितका सदस्य चिरञ्जीवी बस्नेतले भवन निर्माण समयमै सक्नुपर्ने निर्देशन दिए ।
७२ लाख २९ हजार रुपैयाँको लागतमा बन्ने वडा कार्यालय भवनका लागि समन्वय समितिको ५० लाख र बाँकी उपमहानगर पालिकाको रहने वडा सदस्य गणेश केसीले जानकारी दिएका छन् ।
Comments