Sajhamanch Archive

भारतमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५० पुग्यो

Published: (Updated: ) in विश्व समाचार, समाज by .

भारत । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री सिहंले दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५–५ लाख भारु दिने घोषणासमेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *