Sajhamanch Archive

सर्वोच्चमा परेका रिटमाथि आज पनि एमिकस क्युरीको बहस जारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी अर्थात् अदालतका सहयोगी सदस्यले आफ्नो राय दिने भएका छन् ।

मंगलवारदेखि एमिकस क्युरीको बहस सुरु भएका हो । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा सहभागी हुनेछन् । पहिलो दिन मंगलवार बद्रीबहादुर कार्कीले राय दिएका थिए । यस्तै हिजो सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिएका थिए ।

बहसका क्रममा कार्कीले संविधानमा जे उल्लेख छ, त्यही मात्रै हेरेर संसद विघटनविरुद्ध परेका रिटको फैसला हुनुपर्ने बताएका छन् भने खरेलले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने तर देशमा कुनै कम्पन दिउँ भन्ने लागेको भएमा अदालतले प्रधानमन्त्रीको निर्णय सदर गर्न पनि सक्ने राय दिएका थिए । तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहेको दाबी गरेका छन् ।

एमिकस क्युरीका पाँच जना सदस्यमध्ये अब पूर्णमान शाक्य र गीता पाठकले राय दिन बाँकी छ । सबैको राय आएपछि अदालतले प्रतिनिधिसभा विघटन विरुद्धका रिटको फैसला गर्नेछ ।

१३ वटा रिटमाथि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *