Sajhamanch Archive

अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । आज ११ बजे प्रधानमन्त्री ओली आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्ने तय भएको छ ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *