भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण, मन्त्रीसहित तीन जना घाइते
Published:
by .काठमाण्डौ । भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण भएको छ ।
पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते हुनु भएको छ । पेटमुनि चोट लागेका उहाँलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ ।
स्थानीय प्रहरीकाअनुसार आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । कलकत्ता जानका लागि रेलवे स्टेशनमा पुगेका हुसेनमाथि बम हमला भएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । यसअघि पश्चिम बंगालमा भाजपाका नेता बाबु मास्टरमाथि पनि आक्रमण भएको थियो ।
पश्चिम बंगालमा आउँदो अप्रिल र मेमा विधान सभाको चुनाव हुँदैछ ।
उज्यालोबाट
Comments