सेतो गुराँसबाट साउनदेखि ज्येष्ठ सदस्यलाई मासिक भत्ता
Published:
by .बिर्तामोड । सेतो गुराँस कृषि सहकारी संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष कुमार खरेलको अध्यक्षता एवम् प्रदेशसभा सांसद एकराज कार्कीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा स्वागत लेखा समिति संयोजक कृण्ण पाण्डेले गरेका थिए ।
कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य इश्वरादेवी ढुंगेल र खड्गबहादुर मगरलाई सम्मान गरिएको थियो ।
संस्थाले यसै वर्षदेखि ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्तासमेत वितरण गर्न थालेको छ । सोही कार्यक्रम अन्तर्गत संस्थाका ३ जना ज्येष्ठ सदस्यलाई साउन महिनाको जनही एक हजार रुपैयाँको दरले भत्ता वितरण गरेकोछ ।
संस्थाको अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा समितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको कार्यक्रमको सञ्चालन प्रबन्धक जयकुमार प्रसाईले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सांसद एकराज कार्की, विराट बहुद्देशीय सहकारी संस्थाका अध्यक्ष मोहन शिवाकोटी, क्षितिज नाट्य कला केन्द्रका अध्यक्ष माधव कल्पितलगायतले मन्तव्य राखेका थिए ।
३१ जना शेयर सदस्यहरुबाट १० वर्षअघि शुरु गरिएको संस्थामा हाल ७२९ जना सदस्य रहेका छन् ।
साधारणसभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमा नृत्य प्रस्तुत गर्ने बाल कलाकारहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
Comments