Sajhamanch Archive

विश्वभर २० करोडभन्दा धेरै कोरोनाविरुद्धको डोज खोपको प्रयोग

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । हालसम्म विश्वभरका २० करोड मानिसहरुले कोरोनाविरुद्धको डोज खोप लगाएका छन् ।

सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतका आधारमा सङ्कलन गरिएको तथ्याङ्कको आधारमा अहिलेसम्म २० करोड डोज खोपको प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१०७ देश र क्षेत्रमा खोप अभियानलाई तीव्र पारिएको र ती देशहरुमा अहिलेसम्म २० करोड १० लाख ४२ हजार १ सय ४९ डोज खोप प्रयोगमा आएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् ।

चीन र रुसले भने खोप प्रयोगबारे केही दिनदेखि पछिल्लो विवरण सार्वजनिक गरेका छैनन्। विश्वभर प्रयोग भएका खोपको मात्राको झण्डै ४५ प्रतिशत अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटली र जापानमा प्रयोग भएको छ । यी देशहरूमा विश्वको कुल जनसङ्ख्याको १० प्रतिशत जनसङ्ख्या रहेको छ ।

विश्वका कम आम्दानी भएका २९ देशमध्ये गिनी र रूवान्डामा मात्रै खोप अभियान सञ्चालन भएको देखिएको छ । अमेरिकामा सबैभन्दा धेरै पाँच करोड ९० लाख ६० हजारभन्दा धेरै डोज खोप लगाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *