Sajhamanch Archive

इलाममा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुँदै

Published: in राष्ट्रिय समाचार by .

इलाम । यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण संकलन हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्यांक संकलन गर्नेछन् । एउटा वडामा बढीमा चारवटासम्म एकाइ स्थापना गरेर तथ्यांक संकलन गर्ने विभागले जनाएको छ । स्थानीय तहको आवश्यकतानुसार एक पालिकामा ३८ देखि ४२ वटासम्म एकाइ राखिने छ ।

विभागले स्थानीय तहसँग समन्वय गरेर तथ्यांक संकलन गर्ने योजना बनाएको छ । एउटा वडामा बढीमा १५ दिन तथ्यांक संकलनको काम हुनेछ । इलाम नगरपालिकामा तथ्यांक संकलन सम्पन्न भएपछि पालैपालो अरु स्थानीय तहमा समेत तथ्यांक संकलनको काम हुनेछ ।

तीन महिनामा इलाममा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलनको काम पूरा हुने विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताए । ‘‘तीन महिनामा इलामका सबै पालिकामा गएर तथ्यांक संकलनको काम पूरा गर्ने योजनामा छौँ,’’ उनले भने, ‘‘यो अभियान हो । फेरि यस्तो अभियान सञ्चालन गर्न सम्भव हुँदैन । त्यसैले कोही पनि नछुटून् भन्ने हाम्रो चाहना हो ।’’

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *