Sajhamanch Archive

कपडा सिलाई व्यवसायीको साथ सुवास भट्टराईको प्यानललाई

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति by .

बिर्तामोड । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा संयुक्त व्यवसायी प्यानललाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ ।

आगामी फागुन १६ गते हुने वाणिज्य संघको निर्वाचनमा नेकपा र राप्रपाले गठबन्धन गरी नेपाली कांग्रेस सम्बद्ध व्यवसायीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

संयुक्त व्यवसायिक प्यानल बनाएर चुनावमा होमिएको सुवास भट्टराई नेतृत्वको समुहलाई कपडा तथा सिलाई व्यवसायी संघ झापाले साथ दिने भएको हो ।

महासंघका झापा अध्यक्ष दिलिप सुन्दासको अध्यक्षता रहेको कार्यक्रममा अध्यक्षका प्रत्याशी उम्मेद्वार सुभाष भट्टराई ,वरिष्ठ उपाध्यक्ष उम्मेद्वार नारायणप्रसाद चिमरिया, महासचिवका उम्मेद्वार अर्जुन मैनालीले आफुहरु विजयी भएपछि गरिने काम र सहयोगका विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

महासंघका केन्द्रीय सदस्य हरि नेपालीले संगठनको तर्फबाट ऎक्यवद्धतासहित समर्थन जनाएको घोषणा गरेका थिए ।

सोही कार्यक्रममा सहभागी राष्ट्रिय सौन्र्दर्यकर्मी युनियन नेपालका केन्द्रीय सदस्य धनु सुब्बाले युनियनको तर्फबाटसमेत ऎक्यवद्धता जनाउँदै शुभकामना दिएकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *