Sajhamanch Archive

अब साढे २९ लाखमा निशान म्याग्नाइट झापामा

Published: in अर्थतन्त्र, मुख्य समाचार by .

बिर्तामोड । पोयोनियर मोटोकर्प प्रालिले निशान म्याग्नाइट सार्वजनिक गरेको छ । देशभरका निशान शोरुममा आज म्याग्नाइटमा कभर गरिएको घुम्टो खोली नयाँ ब्रान्ड सार्वजनिक गरिएको हो ।

निशान कम्पनिले मेक इन इण्डिया, मेक फर द वल्डलाई दर्शन बनाएर निशान म्याग्नाइट लन्च गरेको हो । योसँगै आजबाट देशैभरका डिलरहरुमा बुकिङ खुल्ला गरिएको छ ।

झापाको बिर्तामोडस्थित निशान शोरुममा पनि आज पत्रकार सम्मेलन आयोजना गरी निशान म्याग्नाइटको घुम्टो खोलिएको छ । निशान शोरुमका सञ्चालक रौनक वंशलको अध्यक्षतामा पत्रकार चन्दा भट्टराईले कार्यक्रमको सञ्चालन गरेकी हुन् ।

बिर्तामोड उद्योग वाण्ज्यि संघका अध्यक्ष कुमार भट्टराइको प्रमुख आतिथ्यमा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, अग्रज पत्रकारहरु कृष्ण हुमागाई, उमाकान्त खनालले घुम्टो खोली नयाँ निशान म्याग्नाइट सार्वजनिक गरेका हुन् ।

निशान कम्पनीले नेपाली उपभोक्ताको क्रयशक्तिलाई दृष्टिगत गरी निशान म्याग्नाइटको शोरुम मुल्य २९ लाख ४९ हजार कायम गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागी पर्ने कम्पनीको मान्यता अनुसार म्याग्नाइटमा क्रुज कन्ट्रोल र ३६० डिग्री भ्युजस्ता प्रविधिहरुलाई समावेश गरिएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *