Sajhamanch Archive

सिम्रिक साकोस र गौरव कृषि सहकारीबीच एकीकरण प्रक्रिया सुरु

Published: in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमकमा कार्यालय रहेको गौरव कृषि सहकारी संस्थावीच एकीकरण भएको छ ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेत, जनशक्ति व्यवस्थापन विभाग प्रमुख मिनवहादुर अधिकारी र गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपानेलाई प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीका रजिष्ट्रार बलराम निरौलाले अन्तिम स्वीकृतिको प्रमाण पत्र प्रदान गरेसँगै दुवै सहकारी संस्थाबीच एकीकरण भएको हो ।

यसअघि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई र गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षतामा भएको दुवै सहकारी संस्थाबीच एकीकरणको अनुशिक्षण कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीका रजिष्ट्रार बलराम निरौलाले प्रशिक्षण प्रदान गरेका थिए ।

सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार दुई सहकारीबीच एकीकरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख बक्स्नेतले बताए ।

उनले दुई सहकारीबीच एकीकरण गरेसँगै अब उप्रान्त सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नामबाट दमकमा सेवाकेन्द्र सञ्चालनमा ल्याएर आफ्ना सदस्यहरुमाझ कारोबार शुरु गरिएको जानकारी दिए ।

यो सँगै झापाका विभिन्न २२ वटा र मोरङ र इलामका पाँच वटा सदस्य सेवाकेन्द्रबाट शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए ।

त्यस्तै गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपानेले आफ्नो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गर्न पाउँदा आफूहरु गौरवान्दित भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *