दहाल-नेपालको सभापति देउवासँग २० मिनेट छलफल
Published:
by .काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा, दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
उनीहरु देउवासँगको छलफलका लागि बुढानिलकण्ठ नै पुगेका हुन्। प्रचण्ड, नेपाल र देउवाबिच २० मिनेट छलफल भएको हो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको संसद विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाबारे उनीहरुबिच छलफल भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्ताव मार्फत हटाउने रणनीतिमा रहेका प्रचण्ड–नेपाल भावी राजनीतिक समिकरणका लागि कांग्रेसको साथको खोजीमा जुटेका छन् ।
Comments