Sajhamanch Archive

दुई दिनदेखि अवरुद्ध २० हजार लाइन टेलिफोन सुचारु हुने टुंगो छैन

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by .

बिर्तामोड । नेपाल टेलिकमको मुख्यः सिस्टममा आएको प्राविधिक खरावीका कारणले प्रदेश १ का तीनवटा जिल्लामा दुई दिनदेखि ल्याण्डलाईन टेलिफोन सेवा अवरुद्ध छ ।

नेपाल टेलिकम बिर्तामोडका प्रमुख प्रशान्तबाबु तिवारीका अनुसार सिस्टममा समस्या आएपछि झापा, इलाम र पाँचथरका १८ देखि २० हजार ल्याण्डलाईन अवरुद्ध बनेका हुन् । समस्या पहिचान गरी चाँडै सेवा सञ्चालनमा कार्यालय जुटे पनि अझैसम्म मर्मत हुन नसकेको तिवारीको भनाई छ ।

सिस्टममा देखिएको समस्या पहिचान गरी तत्काल मर्मत हुन नसके वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गरिने तयारीमा टेलिकम जुटेको उनको भनाई छ । तर, कहिलेदेखि ल्याण्डलाइन सेवा सञ्चालनमा आउने हो कुनै टुङ्गो नभएको कार्यालयले जनाएको छ ।

पुरानै सिस्टमलाई समयमै मर्मत तथा सम्भार गर्नसके १–२ दिन भित्रमा सेवा सञ्चालन गर्न सकिने छ । तर, वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्दा अझ बढी समय लाग्ने कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *