Sajhamanch Archive

८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दको घोषणा

Published: in विश्व समाचार by .

काठमाडौं । भारतका व्यापारीहरुले भारत बन्दको घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् ।

वस्तु एवं सेवा कर जीएसजी, पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सघंका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् ।

अखिल भारतीय व्यापारी सघं सीएआइकाको पहलमा भएको बन्दलाई समर्थन गर्दै अल अफ इन्डिया ट्रान्सपोर्ट वेलफेयर एशोसिएसनले बिहान ६ देखि ८ बजेसम्म चक्काजाम गरेको थियो । नयाँ ई-वे बिलयुक्त कारोबार रोकथाम तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि आफूहरुले आन्दोलन गरेको ट्रान्सपोर्ट एशोसिएसनका राष्ट्रिय प्रवक्ता महेन्द्र आर्यको भनाइ छ ।

बन्दका कारण भारतका धेरैजसो व्यापारिक क्षेत्र ठप्प भएका छन् । बन्दका कारण यातायात सेवा बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रै चलेका थिए भने ई(बिलयुक्त सामानको बिक्री प्रभावित भएको छ ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *