१२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
Published: (Updated: )
by .झापा । सरकारले राष्ट्रिय हात्तीपाईले रोगविरुद्धको औषधि खुवाइने भएको छ । हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाइने भएको हो ।
चैत २० गतेदेखि झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा चैत मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्ण पौडेलले बताए ।
यसअघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने तय भएकोमा कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
Comments