एनएमसीका महिला कर्मचारीलाई उद्घोषण तालिम
Published:
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले आफ्ना महिला कर्मचारी तथा समितिका रहेका महिला सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तीन दिने उद्घोषण तालिम प्रदान गरेको छ ।
संस्था अन्तरगत महिला सशक्तिकरण उपसमितिले आयोजना गरेको सो तालिममा उद्घोषण कला, स्टेज कार्यक्रम सञ्चालन कला, नेतृत्व विकास आदि विषयमा सहजीकरण गरिएको थियो ।
एनएमसी बिर्तामोड कार्यालयमा फागुन १३ देखि १५ गतेसम्म आयोजित तीन दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिमको सहजीकरण पत्रकारहरु लीला अनमोल र गोपाल काफ्ले तथा शिक्षक केसी श्रेष्ठले गरेका थिए ।
सो तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, उद्घोषण कला तथा मोटिभेसन, प्रत्यक्ष कार्यक्रम प्रस्तोताको शारीरिक हाउभाउ तथा प्रयोग गरिने शब्दहरुबारे सहजीकरण गरिएको थियो ।
एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन संस्थाका सञ्चालक डम्बरबहादुर बस्नेतले गरेका थिए ।
तालिमका प्रशिक्षार्थीहरुले प्रयोगात्मक अभ्यास गर्दै सिक्दै भोलिका दिनमा कार्यालयको तर्फबाट गरिने कार्यक्रमहरुमा आफूलाई उद्घोषकका रुपमा प्रस्तुत गर्ने क्षमताको विकास गरेका छन् । तालिमका सहभागीहरुले सिकेका कुराहरुलाई सहजकर्ताको उपस्थितिमा सीप परीक्षण गरेका थिए ।
तीन दिने तालिम समापन गर्दै संस्थाका उपाध्यक्ष भगवती घिमिरे मैनालीले आफ्ना कर्मचारीमा नेतृत्व विकास गर्ने राम्रो अवसर पाएको बताइन् । अब एनएमसीका इच्छुक कर्मचारीहरुलाई क्रमशः यस प्रकारको तालिम दिएर थप क्षमतावान बनाउने उनको भनाई छ ।
Comments