जबरजस्ती करणी गरी फरार प्रतिवादी पक्राउ
Published:
by .विराटनगर । ११ वर्षकी बालिकालाई जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं १ का बोज भनिने राजेन्द्र सरबरिया रहेको मोरङ प्रहरीले जनाएको छ ।
सरबरियाले गत फाल्गुन ६ गते सोहि गाउँमा रहेको मकैबारीमा साझंको समय पारि ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरि फरार भएका थिए । उनीविरुद्ध सोहि ठाउँकी पार्वतीदेवी मुखियाले गत फाल्गुन १३ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकि थिइन् ।
उक्त घटनामा संलग्न ब्यक्ति खोजतलास गर्ने क्रममा सरबरियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाको साहेबगंज सिमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा जवरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय रानीले जानकारी दिएको छ ।
Comments