फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
Published:
by .काठमाडौं । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको संघीय मामिलामन्त्री गणेश ठगुन्नाले जानकारी दिए । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि मिति तय भएको थिएन ।
यही फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश गरेको थियो ।
Comments