Sajhamanch Archive

झापामा दुईवटा टेलिसिरियलको छायाङ्कन धमाधम

Published: in गीत/संगीत/मनोरञ्जन by .

झापा । कोभिड १९ को कारण ठप्प भएको नेपाली चलचित्र उद्योगहरु पुन चलायमान हुन थालेका छन् । देशभर साना तथा ठुला पर्दाका चलचित्रहरु धमाधम बन्न थालेसँगै नेपालको पुर्वी जिल्ला झापामा पनि यसको प्रभाव परेको हो ।

नेपाली कथानक चलचित्र खतरनाक क्यारेङग्याङ, कृष्णलीला जस्ता ठुला पर्दाका चलचित्रहरुको छायाङ्कन सकिएपछि अन्य साना तथा ठुला पर्दाका म्युजिक भिडियो, हाँस्य टेलिसिरियल साथै सर्ट मुभिहरु तीब्र गतिमा निर्माण भइरहेका छन् ।

अहिले झापाका विभिन्न स्थानमा निर्देशक हिमाली लिङ्देन र सहनिर्देशक अनुराग कट्टेलद्वारा निर्देशित सुलसुले र जो हाँस्छ ऊ धेरै बाँच्छ नामक नेपाली कथानक हाँस्य टेलिसिरियलको छायाङ्कन भइरहेको छ । एचपी इन्टरटेनमेन्टबाट हरेक शुक्रबार सुलसुले र शनिबार जो हाँस्छ ऊ धेरै बाँच्छ प्रसारण हुने निर्देशक लिङ्देनले बताइन् ।

तिलक रिजालको सम्पादन, बिरु गुरुङको लेखन, विकास चौधरीको संगीत तथा हरि उप्रेतीद्वारा स्वरांंकित ती टेिलसिरियलमा बिक्रमकुमार दाहाल, केशव निरौला (जुंगे), बिक्रम धिमाल, तिलक रिजाल, निशा आचार्य, मनिषा विक, पार्वती तामाङ, भूपेन्द्र लिङ्देन (मन्त्री), गजेन्द्र तामाङ, इमेन्जेलिना तामाङ र बियल राई (चुण्डीलाल) लगायतको कलाकारिता रहेको छ ।

राधिका उप्रेतीद्वारा निर्मित उक्त टेलिसिरियलमा समाजमा भएका घटनाहरुलाई हाँस्य व्याङ्ग्यको माध्यमबाट देखाउन खोजिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *