Sajhamanch Archive

भट्टराई र मैनालीबीच प्रतिष्पर्धा जारी

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । तर ,संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ । मैनालीले भट्टराईलार्ई फेरि उछिनेका छन् ।

केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १८७१ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले १३९२ मत ल्याएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १८३९ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले १३८२ मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले १६९१ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले १४८९ मत ल्याएका छन् ।

वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले १९७६ मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले ११५१ मत ल्याएका छन् ।

त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले २२२६ मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ९१२ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले १४५४ मत ल्याउँदा कृष्ण पौडेलले १७०६ मत ल्याउन सफल भएका छन् ।

कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले १८५१ मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले १३११ मत ल्याएका छन् । सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले १७०२ मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरेलले १४१७ मत ल्याएकी छन् ।

यो ३३६२ मतपत्र गनिँदासम्मको परिणाम हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *