Sajhamanch Archive

‘मलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन्, डेढ दुई वर्षपछि दुई तिहाईसहित पुनः सिंहदरबार फर्कन्छु’ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट छिट्टै सम्बन्धन दिलाउने आश्वासन दिएका छन् ।

आज झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने बताएका हुन् ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उनी हिम्मत भएको मान्छेसमेत भनेका छन् । ‘बि एण्ड सीमा अब छिट्टै विद्यार्थीहरु डाक्टरी पढ्न आउने छन्’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा अस्पताल परिवारलाई पनि हौस्याएका छन् ।

वर्तमान सरकारले बनाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक कार्यान्वयन गर्न इन्टरनेटमा फोर जी सेवा सबै जिल्लामा पुर्याउने तयारी भएको, डिजिटल सोएल टेस्ट सुरु गरेर कृषिलाई आधुनिकीकरणतर्फ लैजाने प्रबन्ध मिलाएको प्रधानमन्त्री ओलीको दावी छ । अबका संरचना भुकम्प प्रतिरोधात्मक बनाउने काम गरिरहेको, घरबारबिहीन दुई लाख जनतालाई एकीकृत बस्ती बनाएर घर हस्तान्तरण गरेको प्रधानमन्त्रीको भनाई छ ।

‘आफूलाई प्रधानमन्त्री पदबाट हटाउन सक्नेले हटाएर देखाउन्, म डेढ दुई वर्षपछि हुने चुनावमा दुई तिहाईको संख्यामा सांसद जिताएर फेरि प्रधानमन्त्री बन्छु र पुनः सिंहदरबार फर्कन्छु’ प्रधानमन्त्री ओलीको दावी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *