Sajhamanch Archive

नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित

Published: in खेलकुद by .

काठमाडौं । विश्वकप फुटबल छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ ।

फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा यही मार्च ३० तारिखमा खेल्ने तालिका थियो ।

एसियन फुटबल कन्फडेरेसन एएफसीले नेपाल–अष्ट्रेलियाबीचको खेल स्थगित गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एएफसीको प्रतिबन्धपछि खेल स्थगित भएको जानकारी दिए ।

अष्ट्रेलियाको अनुरोधपछि एएफसीले खेल स्थगित गरेको हो । कोरोनाका कारण अष्ट्रेलियका खेलाडी आउन नसक्ने भएका कारण खेल स्थगित भएको हो ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालको ५ खेलबाट ३ अंक छ । नेपालले यसअघि चाइनिज ताईपेलाई मात्र पराजित गरेको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *