Sajhamanch Archive

इटहरीका सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था

Published: in शिक्षा, समाज, स्थानीय तह by .

सुनसरी । इटहरीमा लैङ्गिक हिंसा न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सबै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था गरिएको छ ।

प्रत्येक विद्यालयका शिक्षकहरुमध्ये एक जनालाई लैङ्गिक सम्पर्क व्यक्ति तोकिएको हो । इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्ति रहेका छन् । उनीहरुले विद्यालय तथा आसपासको समुदायसँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने इटहरी उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।

हिंसाबाट जोगिन के गर्नुपर्छ, हिंसा भइहाले के गर्ने ? भन्ने विषयमा उनीहरुले विद्यालयमा सचेतनामूलक कक्षा संचालन गर्नेछन् । सामुदायिक विद्यालयहरुमा तोकिएका लैङ्गिक सम्पर्क व्यक्तिका लागि उपमहानगरले अभिमुखीकरण सम्पन्न गरेको छ ।

अब प्रत्येक विद्यालयका लैङ्गिक सम्पर्क व्यक्ति र विद्याार्थीहरुबीच पनि अभिमुखीकरण कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख गौतमले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *