प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक सर्यो
Published:
by .काठमाडौं । साविक नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक सरेको छ । सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले जानकारी दिए।
सर्वोच्च अदालतले आइतबार गरेको फैसलापछिको परिस्थितिबारे छलफल गर्न आज स्थायी कमिटीको बैठक राख्न लागिएको उनले बताए । नेता गुरुङका अनुसार पछिल्लो परिस्थिबारे कानुनी र राजनीतिक छलफलका लागि समय आवश्यक भएकोले बैठक सारिएको हो ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएर ओली–प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरेपछि शंकट उत्पन्न भएको छ।
प्रचण्ड–नेपाल समूहका नेताहरुले आइतबार सर्वोच्च अदालतको फैसलाबारे कानुन व्यवसायीसँग छलफल पनि गरिसकेका छन्। प्रचण्ड–नेपाल समूह सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकन गर्ने तयारीमा लागेका छन्।
Comments