Sajhamanch Archive

मन्त्रालयले तीन स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्ने तयारी

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपतिको पद रिक्त भएका तीनवटा स्वास्थ्य प्रतिष्ठानमा पदपूर्ति गर्ने तयारी थालेको छ ।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ ।

सो पदका लागि योग्य उमेद्वारलाई सोमबारका मितिबाट सात दिनभित्र आवेदन पेस गर्न सूचित गरिएको छ । यी तीन प्रतिष्ठानमा यही फागुन १७ गतेदेखि उपकुलपतिको पद रिक्त छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *