पुलिसविरुद्ध आर्मी ८७ रनमा अलआउट
Published:
by .काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा सम्पूर्ण विकेट गुमाएर ८७ रन बनाएको हो । आर्मीका लागि लोकेस बमले सर्वाधिक ३२ रनको योगदान गरे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले इनिङलाई सम्हाल्ने काम गरे । उनीसँगै ब्याटिङमा आएका विक्रम सोबले १४ रन जोडे ।
आर्मीका हरि चौहाल तथा राजु रिजालले समान ४, ४ रन बनाएर आउट भए । आर्मीका लागि चौथो नम्बरमा बलिङ गर्न आएका रोहित पौड्यालले १३ रन बनाए ।पुलिसका लागि सागर ढकालले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन ओभर फालेर ४० रन खर्चे । त्यस्तै, पवन सरार्फले ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए ।
बाह्रखरी
Comments