आयोगले एमाले र माओवादीलाई पत्र पठाउने
Published:
by .काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित हुन पत्र पठाउने निर्णय गरेको छ ।
आज बसेको आयोगको बैठकले सर्वोच्चको फैसालाले नेपाल कम्युनिस्ट पार्टी नेकपा बदर भएकाले साबिककै अवस्थामा १५ दिनभित्र एकताका लागि आयोगमा निवेदन दिन पत्र पठाउने निर्णय गरेको हो ।
आयोगको मिति २०७५।२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी ने क पा नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ पन्ध्र दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई जानकारी गराउने, आयोगको विज्ञप्तिमा भनिएको छ ।
Comments